इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स आमने-सामने हुँदै छन्।
बिहीबारको खेल कोलकतामा रहेको इडेन गार्डेन्समा नेपाली समय अनुसार राति पौने ८ बजेबाट सुरु हुनेछ। लखनउले खेलेको हालसम्मका २ खेलमा एकमा जित हासिल गर्दा एकमा पराजय भोगेको छ।
पहिलो खेल दिल्लीसँग ६ विकेटले पराजित भएको लखनउले आफ्नो दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गरेको थियो।
कोलकता आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो। त्यस्तै, आफ्नो दोस्रो खेलमा पनि कोलकता सनराइजर्स हैदराबादसँग ६५ रनले पराजित भएको थियो। त्यस्तै, पन्जाबसँगको खेलमा वर्षा बाधक बन्दा खेल रद्द भएको थियो।
जारी आईपीएलमा कोलकता जितविहीन छ, लखनउलाई हराउने लक्ष्य लिएर उनी मैदानमा उत्रिनेछ। त्यस्तै, लखनउ भने आफ्नो दोस्रो जितको खोजीमा हुनेछ।
प्रकाशित: २६ चैत्र २०८२ १२:२४ बिहीबार





