२७ वैशाख २०८३ आइतबार
image/svg+xml
खेल

आइपिएल : आज गुजरात र कोलकाता भिड्दै, पञ्जाब शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को २५ औं खेलमा आज (शुक्रबार) गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ। गुजरातको घरेलु मैदान अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

यस सिजनमा कोलकाताको प्रदर्शन निराशाजनक रहेको छ। उसले खेलेका पाँच खेलमध्ये चार खेलमा हार बेहोरेको छ भने एउटा खेल वर्षाका कारण रद्द भएको थियो। अर्कोतर्फ, गुजरातले चार खेलमध्ये दुईमा जित र दुईमा हार खेपेको छ। गुजरातले आफ्ना पछिल्ला दुई खेलमा दिल्ली र लखनउलाई पराजित गर्दै लय समातेको छ।

यी दुई टोलीबिचको ऐतिहासिक तथ्यांक हेर्दा गुजरात बलियो देखिएको छ। आइपिएलमा अहिलेसम्म भएका चार भेटमा गुजरातले तीन खेल जितेको छ भने कोलकाताले केवल एक खेल मात्र जितेको छ। गत सिजन (२०२५) मा भएको एकमात्र भेटमा पनि गुजरात ३९ रनले विजयी भएको थियो।

मुम्बईमाथि पञ्जाबको सानदार जित
यसअघि बिहीबार भएको खेलमा पञ्जाब किंग्सले मुम्बई इन्डियन्सलाई सात विकेटले पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ। यो पञ्जाबको मुम्बईमाथिको लगातार तेस्रो जित हो।

वानखेडे रंगशालामा मुम्बईले दिएको १९६ रनको लक्ष्य पञ्जाबले १६.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो। यो जितसँगै पञ्जाब ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित: ४ वैशाख २०८३ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App