महिला क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई हराउँदै फाइनलमा प्रवेश गरेपछि पाकिस्तानकी पूर्व क्रिकेटरले खुसी व्यक्त गरेकी छन्। पाकिस्तान महिला क्रिकेट टोलीकी पूर्व कप्तान तथा अहिले कमेन्टेटर सना मिरले भारतको यो जितमा प्रतिक्रिया दिएकी हुन्।
सना मिरले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अस्ट्रेलियाको प्रभावशाली जितको सिलसिला अन्ततः भारतले शानदार जितका साथ तोड्यो। महिला क्रिकेटले २०२५ मा नयाँ च्याम्पियन पाउनेछ।’
बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतले अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो। जेमिमाले अविजित १२७ रन बनाउँदै भारतको जितको नायक बनिन्।
भारतका लागि कप्तान हरमनप्रीत कौरले ८९ रनको इनिङ खेलिन्। भारतले अब नोभेम्बर २ मा हुने फाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। एजेन्सी
प्रकाशित: १४ कार्तिक २०८२ १२:०४ शुक्रबार





