एएफसी एसियन कप छनोट अन्तर्गत भियतनामविरुद्धको खेलको पहिलो हाफमा नेपाल १-० गोल अन्तरले पछि परेको छ।
खेलको पाँचौँ मिनेटमा नै नेपालले आत्मघाती गोल व्यहोरेपछि भियतनामले अग्रता लिएको हो। नेपाली डिफेन्डर सुमन श्रेष्ठले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए।
उक्त आत्मघाती गोलपछि नेपाल दबाबमा परेको छ। खेलको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन।
प्रकाशित: २८ आश्विन २०८२ १९:४३ मंगलबार





