२५ असार २०८३ बिहीबार
image/svg+xml
खेल

फिफा विश्वकप : ट्युनिसियालाई नेदरल्यान्डसले हरायो

फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्यान्डसले ट्युनिसियालाई हराएको छ।

कान्सास सिटी रंगशालामा भएको खेलमा ट्युनिसियालाई ३-१ गोल अन्तरले नेदरल्यान्डसले हराएको हो।

यो जितसँगै नेदरल्यान्डसको अंक तालिकामा ७ अंक भएको छ। यो अंक उसका लागि समूहको विजेता हुन पर्याप्त छ। अब राउन्ड अफ ३२ मा नेदरल्यान्ड्सले मोरक्कोसँग खेल्नेछ।

खेलको ६२ औं मिनेटमा नेदरल्यान्ड्सका जान पल भान हेक्केले टोलीका लागि तेस्रो गोल प्रहार गरेका थिए। यसअघि नेदरल्यान्डसले ७ मिनेटभित्रै दुई गोल प्रहार गरेको थियो। जसमा पहिलो गोल इलएस सखिरीले खेलको ३ मिनेटमै गोल गरेका थिए। त्यसपछि सातौं मिनेटमा ब्रायल ब्रोबेले दोस्रो गोल गरेका थिए। 

यस्तै खेलको ५६ औं मिनेटमा ट्युनिसियाका हजेम मस्तुरीले गोल प्रहार गरेका थिए।

प्रकाशित: १२ असार २०८३ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App