फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरिया र अस्ट्रियाबिचको खेल रोचक बनेको छ।
सुरुवाती अग्रता लिएको अस्ट्रिया र अल्जेरिया अहिले २-२ गोलको बराबरीमा खेलिरहेका छन्।
खेलको ६०औं मिनेटमा अल्जेरिया याद महारेजले टोलीका लागि दोस्रो गोल फर्काएपछि बराबरी भएको हो। यसअघि अस्ट्रियाका मार्सेल सबिट्जर खेलको ५५ औं मिनेटमा टोलीका लागि दोस्रो गोल गरेर अग्रता बनाएका थिए।
यसैगरी, अल्जेरियाका रफिक बेलघालीले खेलको ४५औं मिनेटमा गोल गरेका थिए। कान्सास सिटी रंगशालामा जारी खेलको २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका थिए। समूह जेको यो खेलमा अल्जेरिया र अस्ट्रिया २-२ गोलले बराबरीमा खेलिरहेका छन्।
प्रकाशित: १४ असार २०८३ ०९:१९ आइतबार





