२० मंसिर २०८२ शनिबार
image/svg+xml
खेल

'फिफा वर्ल्ड कप २०२६ को ड्र’को घोषणा, कुन–कुन टिम कुन ग्रुपमा ?

अमेरिकाको वासिंगटन डीसीमा अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजकत्वमा अर्को वर्ष हुने फिफा विश्वकप २०२६ का लागि समूह चरणको ड्रको घोषणा गरिएको छ।

यो पटक पहिलोपटक प्रतियोगितामा ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ अलग–अलग समूहमा बाँडिएको छ।

सबैभन्दा कडा प्रतिस्पर्धा ग्रुप ‘आई’ मा हुने अनुमान गरिएको छ। यसमा फ्रान्सलाई नर्वेसँग राखिएको छ। यो समूहमा सेनेगल पनि छ।

उता, अघिल्लो संस्करणको विजेता अर्जेन्टिनालाई ग्रुप ‘जे’ मा राखिएको छ भने ब्राजिललाई ग्रुप ‘सी’ मा स्कटल्याण्ड र मोरक्को जस्ता टिमहरूको सामना गर्नुपर्नेछ। त्यस्तै, आयोजक अमेरिका ग्रुप ‘डी’ मा अष्ट्रेलिया र प्याराग्वेजस्ता प्रतिद्वन्द्वीसँग परेका छन्।

कुन ग्रुपमा को–को?

ग्रुप एः मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता

ग्रुप बीः क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विजरल्याण्ड

ग्रुप सीः ब्राजिल, मोरक्को, हैटी, स्कटल्याण्ड

ग्रुप डीः अमेरिका, प्याराग्वे, अष्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता

ग्रुप ईः जर्मनी, कुराकाओ, आइवरी कोस्ट, इक्वेडर

ग्रुप एफः नेदरल्याण्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिसिया

ग्रुप जीः बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड

ग्रुप एचः स्पेन, केप भर्दे, साउदी अरब, उरुग्वे

ग्रुप आईः फ्रान्स, सेनेगल, प्लेअफ ‘२’ को विजेता, नर्वे

ग्रुप जेः अर्जेन्टिना, अल्जेरिया, अष्ट्रिया, जोर्डन

ग्रुप केः पोर्चुगल, प्लेअफ ‘१’ को विजेता, कोलम्बिया, उज्बेकिस्तान

ग्रुप एलः इङ्ल्यान्ड, क्रोएशिया, घाना, पनामा

प्रकाशित: २० मंसिर २०८२ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App