नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा ८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले जवाफी ब्याटिङमा आक्रामक सुरुवात गरेको छ।
लुम्बिनीका ओपनर दिनेश अधिकारीले पहिलो ओभरमै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीमाथि जाइलाग्दै ४ छक्का प्रहार गरेका छन्।
इनिङको पहिलो ओभर लिएर आएका दीपेन्द्र निकै महँगो साबित भए। उनले सो ओभरमा कुल २७ रन खर्चिए।
दिनेश अधिकारीले मात्र ६ बलको सामना गर्दै ४ छक्कासहित २६ रन बनाएर अविजित खेलिरहेका छन्। उनलाई अर्का ओपनर डार्सी सर्टले ४ रन बनाएर साथ दिइरहेका छन्।
लुम्बिनीले १.२ ओभरको खेल सकिँदा कुनै विकेट नगुमाई ३२ रन बनाइसकेको छ। अब उपाधि जित्न लुम्बिनीलाई ११२ बलमा ५४ रन मात्र आवश्यक छ।
यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका कप्तान रोहित पौडेलको ह्याट्रिक विकेटका कारण ८५ रनमै समेटिएको थियो।
प्रकाशित: २७ मंसिर २०८२ १७:२९ शनिबार





