इंग्लिस प्रिमियर लिगमा आइतबार दुई खेल हुँदैछन् । नेपाली समयअनुसार साँझ ६ः४५ बजे सुरु हुने खेलमा एष्टन भिल्ला र फुलह्यामबीच खेल हुनेछ ।
घरेलु मैदान भिल्ला पार्कमा हुने खेलमा एष्टन भिल्ला पहिलो जितको खोजीमा हुनेछ । पाँच खेलमा एष्टन जितविहीन छ । ३ खेलमा बराबरी गरेको उसको ३ अंक छ । फुलह्याम भने छैठौं खेलमा तेस्रो जितको खोजीमा हुनेछ । नवौं स्थानमा रहेको उसको ८ अंक छ ।
अर्को खेलमा आर्सनलले न्युकासल युनाइटेडसँग खेल्नेछ । खेल नेपाली समयअनुसार राति ९ः१५ बजे न्युकासलको घरेलु मैदानमा सुरु हुनेछ । तीन खेलमा जित, एकमा बराबरी र एकमा हार बेहोरेको आर्सनल १० अंकमा सातौं स्थानमा छ। न्युकासलविरुद्ध जित निकाल्न सके आर्सनल एकैपटक दोस्रो स्थानमा पुग्नेछ । पाँच खेलमा एकमा जित र ३ मा बराबरी गरेको न्युकासल ५ अंकमा १५औं स्थानमा रहेको छ ।
गएरातिका खेलमा शीर्ष क्लबहरु लिभरपुल, चेल्सी, म्यानचेष्टर युनाइटेड पराजित हुँदा म्यानचेष्टर सिटीले भने बर्नलीलाई पराजित गर्यो । टटनह्याम भने वोल्भरह्याप्टनसँग बराबरीमा रोकिएको थियो ।
प्रकाशित: १२ आश्विन २०८२ १४:०३ आइतबार





