१३ श्रावण २०८३ बुधबार
image/svg+xml
खेल

१२ बलमा ३ रन बनाएर आउट भए कप्तान रोहित

आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेल पनि सस्तैमा पेभेलियन फर्किएका छन्। दुवै ओपनर गुमाएपछि टोलीलाई सम्हाल्ने अपेक्षा गरिएका कप्तान रोहित १२ बलमा मात्र ३ रन बनाएर आउट भएका हुन्।

१० ओभरको पहिलो बलमा कुल ३१ रनको स्थितिमा रोहितलाई नेदरल्यान्ड्सका बलर एलेक्स रोयले एलबीडब्ल्युको सिकार बनाए। यसअघि २५ रनको योगफलमा दुवै ओपनर गुमाएको नेपाललाई कप्तान रोहितको विकेट पछि थप झट्का लागेको छ।

१० ओभरको खेल सकिँदा नेपालले ३ विकेट गुमाएर ३४ रन बनाएको छ। हाल क्रिजमा ईशान पाण्डे ४ रन र दीपेन्द्र सिंह ऐरी १ रन बनाएर संघर्ष गरिरहेका छन्।

नेदरल्यान्ड्सका लागि एलेक्स रोयले उत्कृष्ट बलिङ गर्दै ५ ओभरमा १ मेडनसहित ११ रन दिएर २ विकेट लिइसकेका छन् भने अर्को १ विकेट काइल क्लेनको नाममा छ।

प्रकाशित: ७ श्रावण २०८३ १५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App