२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

भीम सार्कीको विस्फोटक ब्याटिङ, १९ बलमै अर्धशतक पूरा

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजका ब्याट्सम्यान भीम सार्कीले विस्फोटक ब्याटिङ गर्दै १९ बलमै अर्धशतक पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं दबाबमा रहेका बेला छैटौँ नम्बरमा क्रिजमा आएका सार्कीले पोखराका बलरहरूमाथि जाई लाग्दै १९ बलमा ५० रन पूरा गरेका हुन्।

ताजा अवस्थामा उनी २० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५२ रन बनाएर अविजित खेलिरहेका छन्। उनको स्ट्राइक रेट २६०.०० रहेको छ।

७९ रनमा ५ विकेट गुमाएर धर्मराएको काठमाडौंको इनिङलाई भीम सार्की र बेन चार्ल्सवर्थले सम्हालेका छन्। चार्ल्सवर्थ ६४ रनमा र भीम ५२ रनमा अविजित छन्। यी दुईबीच ३१ बलमै ७६ रनको अविजित साझेदारी भइसकेको छ।

ताजा अवस्थामा काठमाडौंले १८.४ ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको छ।

प्रकाशित: १८ मंसिर २०८२ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App