टी– २० पुरुष विश्वकप खेल्ने अस्ट्रेलियन टोलीको घोषणा भएको छ। अस्ट्रेलियाले मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी– २० विश्वकप आउँदो फेब्रुअरी ७ गतेबाट सुरु हुँदै छ।
प्रतियोगितामा कूल २० टोलीले सहभागिता जनाउँदै छन्। अस्ट्रेलिया विश्वकपमा समूह “बी“ मा परेको छ जहाँ उसले ओमान, श्रीलंका, आयरल्यान्ड र जिम्बाबेको सामना गर्नेछ।
यस्तो छ टोलीः मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, प्याट कमिन्स, टिम डेभिड, क्यामरुन ग्रिन, नाथन एलिस, जोश हेजलवुड, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यु कुनेमान, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस, र एडम जाम्पा।
प्रकाशित: १७ पुस २०८२ १३:०० बिहीबार





