२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कप : युएईलाई हराउँदै पाकिस्तान सुपर फोरमा प्रवेश

पाकिस्तान एसिसि एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ। बुधबार राति युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा युएईमाथि ४१ रनले जित हासिल गर्दै पाकिस्तान सुपर फोरमा प्रवेश गरेको हो।  

पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको युएईले १०५ रन बनाएर आउट भयो। युएईको लागि कप्तान म्हम्मामद वासिमले १४ रन बनाए। युएईको लागि सर्वाधिक रनको योगदान राहुल चोपडाले ३५ रन बनाए।  

पाकिस्तानका शहिन अफ्रिदि र हारिस राउफले समान २-२ विकेट लिए। त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनायो।  

पाकिस्तानको लागि फखार जमानले सर्वाधिक ५० रन बनाए। युएईको लागि जुनेद सिद्धकिले ४ विकेट लिए। जारी एसिया कपमा यसअघि भारत सुपर फोरमा प्रवेश गरिसकेको छ।

प्रकाशित: २ आश्विन २०८२ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App