रेडबुल एन्फा वुमेन्स च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) भिड्दै छन्।
फाइनल शनिबार उदयपुरको थहुरट रंगशालामा दिउँसो ३ बजेबाट सुरु हुनेछ। सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली पुलिस क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।
त्यस्तै, एपीएफले पनि संकटा एफसीलाई पराजय गरेर फाइनलमा स्थान बनाएको हो। जारी प्रतियोगितामा कूल १० टोलीले सहभागिता जनाएका थिए।
प्रकाशित: ८ फाल्गुन २०८२ १६:३१ शुक्रबार





