अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२६ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक बजेट पारित गरेको छ।
बुधबार काठमाडौंमा बसेको एन्फाको कार्यसमिति बैठकले सन् २०२६ का लागि कुल एक अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो। बैठक एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकले बजेट पारित गर्नुका साथै दुई महत्त्वपूर्ण निर्णय गरेको छ। तीमध्ये आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय पनि समावेश छ।
प्रकाशित: १ माघ २०८२ ०७:१९ बिहीबार





