१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
खेल

आईसीसी टी-२० विश्वकप २०२६ खेल्ने सबै टोलीको टुंगो लाग्यो

आईसीसी टी- २० विश्वकप २०२६ खेल्ने सबै २० टोलीको टुंगो लागेको छ।

बिहीबार ओमानमा जारी एसिया छनोट अन्तर्गतको खेलमा यूएईले जापानलाई पराजित गर्दै विश्वकपमा स्थान बनाएपछि विश्वकप २०२६ खेल्ने २० वटा टोलीको टुंगो लागेको हो।

त्यसअघि नेपाल र ओमानले विश्वकपमा आफ्नो स्थान बनाइसकेका छन्।

टी- २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन्। प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने छ।

यस्तो छ विश्वकप खेल्ने २० टोली:

आयोजक: भारत र श्रीलंका

२०२४ को विश्वकपको शीर्ष ८: अस्ट्रेलिया, बंगालदेश, अफगासितान, अमेरिका, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इंग्लान्ड

युरोप छनोट: इटाली र नेदरल्यान्ड्स

 आईसीसी वरीयातमा शीर्ष रहेका: पाकिस्तान आयरल्यान्ड र न्युजिल्यान्ड  

अफ्रिका छनोट: नामिबिया र जिम्बाबे

अमेरिका छनोट: क्यानडा  

एसिया इएपी छनोट: नेपाल, ओमान र यूएई

प्रकाशित: ३१ आश्विन २०८२ ११:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App