१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

च्याम्पियन यु–१५ टोली स्वदेश फर्कियो

बंगलादेशमा सम्पन्न साफ यु–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली महिला टोली शनिबार स्वेदश फर्किएको छ।  आयोजक बंगलादेशलाई अन्तिम खेलमा बराबरी रोकेर समूह तालिकाको शीर्ष स्थानमा रहेर नेपाल शुक्रबार च्याम्पियन भएको थियो।

च्याम्पियन टोलीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, पूर्व प्रशिक्षक हरि खड्का, एन्फा कार्यसमिति सदस्य पुरुषोत्तम थापा लगाएतले स्वागत गरे।

भुटान, बंगलादेश र नेपालले मात्र सहभागिता जनाएको प्रतियोगितालाई साफले डबल राउन्ड रोबिन लिगको आधारमा खेलाएको थियो। सोही अनुसार नेपाल अपराजित रहँदै च्याम्पियन भएको थियो। उपाधिको लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको नेपालले पहिलो खेलमा भुटानमाथि ७–० को फराकिलो जित निकाल्दा दोस्रो खेलमा आयोजक बंगलादेशलाई १–० ले स्तब्ध बनाएको थियो।  

दोस्रो भेटमा भुटानमाथि १–० को संघर्षपूर्ण जित निकालेको नेपालले अन्तिम खेलमा बंगलादेशबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो। सो नतिजा पछि नेपालले चारखेलबाट १० अंक जोड्दै च्याम्पियन भएको थियो भने आयोजक बंगलादेशले ७ अंक मात्र जोडेको थियो भने भुटानले सबै खेलमा नतिजा सुम्पिएको थियो। शनिबार उपाधिका लागि भएको प्रतिष्पर्धामा गोलकिपर सुजाता तामाङले अन्तिम समयमा बंगलादेशी खेलाडीको पेनाल्टी प्रहार रोकेसँगै नेपालले च्याम्पियन बनेको थियो। प्रतियोगितामा नेपालकी सुजाता उत्कृष्ट गोलकिपर चुनिएकी थिइन्।

प्रकाशित: २६ कार्तिक २०७९ १४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App