१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालकाे लगातार तेस्रो जित

बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार तेस्रो जित निकालेको छ।

बुधबार बंगलादेशको ढाकामा भएको खेलमा भुटानलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको हो। नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन्। उनले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन्। भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको थियो ।

यस जितसँगै नेपालले ३ खेलमा अपराजित रहदै ९ अंक जोडेको छ। नेपाल शीर्ष स्थानमा उक्लिएको छ। भुटान अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ। भुटानले ४ खेलमै हार व्यहोरेको हो। आयोजक बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ। 

प्रकाशित: २३ कार्तिक २०७९ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App