१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

पुरुष भलिबलः सेमिफाइनल समिकरण पूरा

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको छ। पोखरा रंगशालाको कोर्टमा मंगलवार भएको प्रतिष्पर्धा अन्तर्गत अन्तिम

क्वाटरफाईनल खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर एकलाई हराउँदै अन्तिम चारमा स्थान बनाउँदा पुरुष भलिबलमा सेमिफाइनल समिकरण पूरा भएको हो। एकतर्फी जस्तै खेलमा गण्डकीले प्रदेश १ माथि ३–० को सहज जित निकालेको हो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २५–२१ ले जितेको थियो। तेस्रो सेटमा गण्डकीले २५–१३ ले जितेर अन्तिम चारमा स्थान पक्का गरेको हो। पराजित प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ। अब गण्डकीले मंगलबार नै भएको तेस्रो क्वाटरफाईनलको बिजेता नेपाल एपीएफसँग सेमिफाइनलमा खेल्नेछ। 

मंगलबारको खेलमा एपिएफले लुम्बिनी प्रदेशमाथि जित निकालेको थियो।  एपीएफले ३–१ को सेटमा जित निकालेको हो। पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २८–२६ ले जितेको थियो। तेस्रो सेट भने लुम्बिनीले २५–२३ ले जित्यो। चौथो सेटमा एपीएफले २५–१७ ले जितेर अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो। खेलको क्रममा एपिएफका लगातार तीन खेलाडी घाइते भएपछि क्वार्टरफाइनलको खेल केही समयका लागि स्थगित भएको थियो।

खेलाडीकै बिरोधपछि म्याट झिकेर खेलाइएको थियो। राष्ट्रिय प्रतियोगिता भएतापनि भलिबल चाहीँ पुरानै नेट र म्याटमा खेलाइएको छ। पुरानो म्याट भएका कारण चिप्लिएर लगातार खेलाडी घाइते भएका हुन। बुधबार दुई सेमिफाईनल खेल हुनेछ। पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लव र त्रिभुबन आर्मी क्लब खेल्नेछन्। दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल एपीएफ क्लव खेल्नेछ। प्रतियोगिताको फाइनल भने बिहिवार हुनेछ। 

प्रकाशित: १ कार्तिक २०७९ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App