४ श्रावण २०८१ शुक्रबार
image/svg+xml
खेल

केन्याले दियो नेपाललाई २ सय १९ रनको विजयी लक्ष्य

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा केन्याले नेपाललाई जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ।

नौरोबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा सबै विकेट गुमाउँदै २ सय १८ रनमा रोकियो।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय इनिङ खेले।पटेलले ६७ तथा ओबुयाले ६२ रन बनाए। ईफ्रान करिमले ३१ तथा सचिन बुदियाले २७ रन बनाए।

नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३/३ विकेट लिए । आदिल आलम र पवन सर्राफले समान १/१ विकेट लिए।

प्रकाशित: १७ भाद्र २०७९ १०:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App