१२ भाद्र २०८१ बुधबार
image/svg+xml
राजनीति

जुनसुकै बेला जहाँ पनि विपद् निम्तिन सक्छ, सतर्कता अपनाउनुस्: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कुनैपनि बेला विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन मन्त्रालय र सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

मंगलबार मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।

वर्षा हुने समय अझै बाँकी रहेकाले त्यसलाई मध्यनजर गरी सतर्कता अपनाउन उनले आग्रह गरे।

उनले भने "अझै पनि कुनैपनि बेला वर्षा हुनसक्ने भएकाले मन्त्रालयका र सम्बन्धित सबै साथीहरूलाई उच्च सतर्कतामा बस्न अनुरोध गर्दछु। जुनसुकै बेला जहाँ पनि विपद् निम्तिन सक्छ। जुनसुकै बेला, जुनसुकै ठाउँमा प्राकृतिक विपद्, प्रकोप हुनसक्ने भएकाले सतर्क रहनुपर्छ। मन्त्रालय र प्राधिकरणको समन्वयलाई थप सुदृढीकरण गर्नुपर्छ।"

गृहमन्त्री लेखकले यस वर्ष भारी वर्षा हुने आंकलन विज्ञहरुले गरेको भन्दै सुरक्षा निकाय, प्राधिकरण, प्रदेश सरकार र स्थानीय सरकार सजग रहनुपर्ने बताए।

उनले विपद् सुरक्षा सम्बन्धी आवश्यक जनशक्ति र श्रोत साधनका लागि चाहिने रकम विनियोजन गर्न अर्थ मन्त्रालयसँग कुरा गर्ने पनि जिकिर गरे।

उनले आर्थिक कारणले कुनैपनि काम नरोकिने प्रतिबद्धता समेत जनाए। अरु खर्च कटौती गरेर भएपनि नागरिकको ज्यान बचाउने कुरामा सरकार लाग्ने उनकाे भनाइ थियाे।

प्रकाशित: १ श्रावण २०८१ १८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App