२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई निःशुल्क भिसा दिने

पाकिस्तान सरकारले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि निःशुल्क भिसा दिने घोषणा गरेको छ।  

गत अगष्ट १४ देखि लागु भएको  नयाँ भिसा नीतिमा पाकिस्तान सरकारले नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई निःशुल्क भिसाको व्यवस्था गरेको हो।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा पोर्टलमार्फत पाकिस्तानको संशोधित र उदार भिसा नीति नेपालसहित १२६ देशका नागरिकका लागि पूर्णरूपमा सञ्चालनमा रहेको बताए। उनले लेखेका छन्, यी देशका पर्यटक र व्यवसायीले बिना शुल्क २४ घण्टा भित्र भिसा प्राप्त गर्न सक्छन्।

पाकिस्तान सरकारले गत जुलाईदेखि आफ्नो भिसा नीति परिवर्तन गरेको हो। प्रधानमन्त्री शहबाज शरीफले भिसा व्यवस्थामा सहजताले पाकिस्तानलाई लगानी र पर्यटनको लागि आकर्षक गन्तव्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको बताएका थिए।

सङ्घीय सूचना मन्त्री अताउल्लाह तारारले धेरै देशका नागरिकका लागि प्रक्रियालाई सरल बनाउने उद्देश्यले नयाँ भिसा नीतिको अनावरण गरे, जसमा उनले नोकरशाही र पहिले पर्यटक आगमनमा बाधा पुर्‍याउने ढिलाइलाई उल्लेखनीय रूपमा कम गर्ने बताए।

नयाँ व्यवस्थाअनुसार पर्यटक तथा व्यापारिक यात्रुलाई २४ घण्टाभित्र ९० दिनको भिसा उपलब्ध गराइनेछ। यसबाहेक, नयाँ अनलाइन भिसा आवेदन फारममा पहिले झन्डै सयको तुलनामा ३० वटामात्रै प्रश्न समावेश गरिएको छ।

प्रकाशित: १० भाद्र २०८१ १५:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App