२९ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

जुम्लामा नदी तर्ने क्रममा काठे पुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता

तस्बिर : गाेल्डेन बुढा / नागरिक

जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठे पुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका–७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।

बुधवार बिहान गाउँपालिकाको लासी बजारबाट तल्फी जाने क्रममा क १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो। मोटरसाइकलमा सवार यात्रु पातारासी–७ रिनीका का २७ वर्षीय जयबहादुर खड्कालाई उद्धार गरिएको सूचना अधिकारी चन्दले बताए।बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १२ भाद्र २०८१ २१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App