२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

एक्काइस महिनापछि कोशीको संसदीय समितिले पायो पूर्णता

कोशी प्रदेशसभाको संसदीय समितिले २१ महिनापछि पूर्णता पाएको छ। शुक्रबार भएको सातवटै संसदीय समितिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए।

बिहीबार संसदीय समितिको सभापतिमा दलीय सहमतिअनुसार कांग्रेस र एमालेबाट तीनतीन र माओवादी केन्द्रबाट एकजनाले मनोनयन दर्ता गराएका थिए।

सबै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले सातवटै समितिका सभापति निर्वारोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले  जानकारी दिए।

प्रदेशसभा सचिवालयका अनुसार एमालेका होमबहादुर थापा प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादव उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा निर्वाचित भएका छन्।

यस्तै कांग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राई निर्वाचित भएका छन्। सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका राजन किराँती निर्वाचित भएका छन्।

नवनिर्वाचित सभापतिहरूहरूले शुक्रबार नै कोशी प्रदेशका सभामुख अम्मरबहादुर विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित: २९ भाद्र २०८१ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App