१५ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

चन्द्रागिरि केबलकार बीचमै रोकिँदा यात्रु अड्किए

फाइल।

काठमाडौंको चन्द्रागिरि केबलकारमा विद्युत् सेवा अवरुद्ध हुँदा यात्रुहरू बीचमै फसेका छन्।

बुधबार दिउँसो करिब २ बजेतिर चन्द्रागिरि नगरपालिकास्थित केबलकारमा प्राविधिक समस्याका कारण आठ वटा डिब्बामा यात्रुहरू अड्किएका हुन्।

उनीहरूको उद्धार कार्यका लागि २६ सशस्त्र प्रहरीको टोली खटाइएको सशस्त्र प्रहरी बलका डिआइजी कुमार न्यौपानेले नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार उद्धार कार्य सञ्चालनमा ल्याउन विद्युत् सेवा सुचारु हुन समय लाग्ने भएकाले टोली तत्कालै चन्द्रागिरितर्फ गएको हो।

केबलकारमा कति यात्रु फसेका छन् भन्ने यकिन भइसकेको छैन। ८ वटा डिब्बामा करिब ३०/३५ जना यात्रुहरू रहेको अनुमान गरिएको छ।

प्रकाशित: २ श्रावण २०८१ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App