१७ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

यु-१७ को मुख्य प्रशिक्षकमा सनोज

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यु–१७ टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठलाई नियुक्त गरेको छ। साफ यु–१७ च्याम्पियनसिप र एएफसी यु–१७ एसियन कप छनोटका लागि एन्फाले उनलाई नियुक्त गरेको हो।

उनले ब्रिगेड बोइज, बुटवल लुम्बिनी फुटबल क्लब र वीरगन्ज युनाइटेडलगयातका घरेलु क्लब सम्हालिसकेका छन्। 

त्यस्तै, सहायक प्रशिक्षकमा धनेश्वर प्रजापति नियुक्त भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले श्रेष्ठ र प्रजापतिलाई नियुक्तिपत्र प्रदान गरेका थिए।

प्रकाशित: ४ श्रावण २०८१ १०:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App