३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

साढे ११ लाख बराबरको अवैध सामानसहित चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुर । तस्विरः महेश्वर

उदयपुर प्रहरीले अवैध भएको आशङ्कामा विभिन्न सामग्रीसहित चालक र गाडी नियन्त्रणमा लिएको छ । गाईघाट–लहान खण्डको सडकमा चेकजाँच गर्ने क्रममा त्रियुगा नगरपालिका ६ लालपत्ता नाकाबाट सुर्तीजन्य पदार्थ तथा खाद्यान्नसहित व्यक्ति र गाडी पक्राउ परेको हो ।

प्रहरी चौकी लालपत्ताले गरेको चेकजाँचको क्रममा लहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ७५५ नं. को पिक अप भेनमा बिना बिलको सुर्तीजन्य पदार्थ र खाद्य सामग्री फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीले चालक सिराहाको लहान नगरपालिका ४ का २२ वर्षीय सिकेन्द्र महतोलाई गाडी र सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ । 

सो गाडीबाट बिना बिलको चुरोट शिखर आईस ५५ बण्डल, सूर्य १५ बण्डल, खुकुरी २ सय बण्डल, बिजुली १ सय ८० बण्डल, पाइलट १० बण्डल बरामद भएको छ । त्यस्तै चकलेट २ कार्टुन, मंगलदिप चम्पा अगरबत्ती २ कार्टुन, सनफिस्ट डार्क फ्यान्टेसी बिस्कुट १ कार्टुन पनि बरामद भएको छ । 

गाडी समेत गरी न्यूनतम ११ लाख ३४ हजार मूल्य बराबरको अवैध सामग्री बरामद भएको प्रहरीले जनाएको छ । बरामद सबै सामग्री र गाडी थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईँले बताएका छन् । 

प्रकाशित: १७ भाद्र २०८१ १९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App