२ आश्विन २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राम मन्दीरको प्राण प्रतिष्ठासँगै अयोध्या पुग्ने पर्यटक बढे, ६ महिनामा ११ करोडले गरे दर्शन

भारत उत्तर प्रदेशको अयोध्याले पयर्टन क्षेत्रमा ठूलो फड्को मारेको छ। राम मन्दीरमा प्राण प्रतिष्ठा भएसँगै अयोध्या पुग्ने पर्यटकहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

उत्तर प्रदेशको पर्यटन विभागका अनुसार सन् २०२४ को पहिलो ६ महिनामा मात्रै ११ करोडको हाराहारीमा पर्यटकहरू अयोध्या पुगेको छन्।  

विभागका अनुसार पहिलो ६ महिनामा १० करोड ९९ लाख ६९ हजार ७९०२ आन्तरिक पर्यटक अयोध्या पुगेका छन् भने २ हजार ८५१ जना विदेशी पर्यटक अयोध्या पुगेका छन्।

यसअघि वाराणसी पर्यटकको पहिलो रोजाई थियो। तर, राम मन्दीरको प्राण प्रतिष्ठा पछि धार्मिक पर्यटनको नयाँ केन्द्रको रुपमा स्थापित भएको छ।

त्यस्तै उत्तर प्रदेश पुग्ने पर्यटकको सङ्ख्या ३३ करोड रहेको छ।

प्रकाशित: ३० भाद्र २०८१ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App