१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

बालेन्द्रलाई संसदीय दलको नेता चयन गर्दै रास्वपा : भोलि प्रधानमन्त्रीको शपथ लिने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरिएको छ। बैठक आज दिउँसो चार बजे वनस्थलीमा बस्दैछ। 

रास्वपाकी समानुपातिक सांसद (निर्वाचित) लिमा अधिकारीका अनुसार बैठकले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री पदका उम्मेदवार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्नेछ। शाहलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान संशोधनको तयारी समेत गरेको छ।

नवनिर्वाचित सांसदहरूले आज दिउँसो दुई बजे शपथ लिने कार्यक्रम छ। रास्वपाबाट बालेन्द्रले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।

प्रकाशित: १२ चैत्र २०८२ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App