३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवासामू ओलीले भने: अब म एक वर्ष १० महिना १५ दिन मात्रै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले यस कार्यकालमा आफू अब एक वर्ष १० महिना १५ दिनका लागि मात्रै प्रधानमन्त्री रहेको बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको सहमतिअनुसार आफ्नो कार्यकालबारे जानकारी दिँदै त्यसपछि आफू राजीनामा दिने बताएका हुन्।

‘अब मेरो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन बाँकी छ,’ क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘त्योभन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु। बढी होइन कि समयमै हस्तान्तरण गरौं भन्ने छ।’

प्रधानमन्त्री ओली बोलिरहँदा मञ्चमा कांग्रेस सभापति देउवा समेत उपस्थित थिए।

प्रकाशित: १५ भाद्र २०८१ १५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App