२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

बेथिति र विचलनविरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्‍योः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपरेको बताएका छन्। आइतबार झापाको बिर्तामोडमा उनले यस्तो बताएका हुन्। 

गिरीवन्धु टी स्टेटको हदबन्दी प्रयोजनका लागि गणना गर्नु भनेर सर्वोच्च अदालतले आदेश दिएको ५१ विघा जग्गाका स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल रहने उनको भनाइ थियो। 

सोही ५१ विघा जग्गामा भारतीय दुतावासको लगानीमा बनेको टेकबहादुर गिरी बसपार्कमा उक्त जग्गाको कित्ताकाट तथा किनबेच रोकिएको विषयमा स्थानीयवासीले पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएका थिए। 

उनले भने, ‘सायद मैले यिनै बेथिति र विचलनका विरुद्ध आवाज उठाउन खोज्दा सरकार छोड्नुपर्ने बाध्यता पनि त्यसैबाट सिर्जना भयो।

तर अब सडकबाट भएपनि, सदनबाट भएपनि, सरकारबाट भएपनि तपाईंहरुलाई न्याय दिलाउनेछु।’ 

स्थानीयवासीको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले स्थानीयवासीलाई न्याय दिलाउन आफ्नो सक्दो पहल हुने आश्वासन दिएका हुन्।

प्रकाशित: ३० भाद्र २०८१ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App