३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

दाहाललाई ओलीको जवाफः बंगलादेशबाट मैले होइन, तपाईं नै सिक्नुस्

‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउन ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलंकाबाट आफूले नभई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै सिक्नुपर्ने बताएका छन्।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हिजोतिर हो क्यार प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भनेर अर्ती दिनुभएछ,’ प्रधानमन्त्री ओलीले भने,‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउन ? मैले लुटपाट गरेको छु र, खुट्टा कमाउन ? मैले त डराउनुपर्ने केही छैन।’

त्यसपछि अगाडि उनले बंगलादेश र श्रीलंकाबाट आफै सिक्न दाहाललाई सुझाव दिए। ‘श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्को स्वरमा मलाई भन्दै हुनुहुन्छ। म भन्न चाहन्छु–राम्ररी सिक,’ दाहाललाई सुझाव दिए।

यस्तै नेपालको आफ्नै इतिहास र परम्परा रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा बंगलादेश र श्रीलंकाको जस्तो नहुने दाबी गरे।

उनले भने, ‘बेथिति चलाउन सकिँदैन आजको समयमा चलाउन हुँदैन। बंगलादेशमा केही भयो भनेर नेपालमा केही हुन्छ र ? नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। आफ्नो इतिहास र परम्परा छ।’

प्रकाशित: १५ भाद्र २०८१ १७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App