पुरुष राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईले मंगलबार आफ्नो टाेलीमा खेलाडी संख्या घटाएका छन्।
हुमागाईले राष्ट्रिय टोलीमा बोलाइएका ४० मध्ये १० खेलाडीलाई निकालेका हुन्। डिफेन्डरमा रहेका देवेन्द्र तामाङ, चिरिङ गुरुङ, निशान खड्का, अमित तामाङ र गौतम श्रेष्ठ बाहिरिएका छन्। त्यस्तै मिडफिल्डर पूजन उपरकोटी, राजन गुरुङ र सुवास गुरुङ तथा फरवार्डर जर्ज प्रिन्स कार्की र आशिष चापागाई पनि बाहिरिएका छन्। डिफेण्डर गौतम र मिडफिल्डर पुजन यसअघि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी हुँदा नियमित टिममा परिरहेका थिए।
नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। प्रशिक्षक हुमागाईंले बंगलादेशसँग खेल्ने अन्तिम टोलीको घोषणा गर्न बाँकी छ।
टाेलीमा रहेका खेलाडीहरूः
गोलकिपरः किरण चेम्जोङ, बिकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल, रञ्जित धिमाल
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, अरिक विष्ट, मनिष डाँगी, सुरज जेउ ठकुरी, सुनील बल, आयुष घलान, सुजल श्रेष्ठ, आभास लामिछाने, सुदीप गुरुङ, संजोग राई, अन्जन विष्ट
फरवार्डः विमल घर्ती मगर, ऋतिक खड्का, अभिषेक रिजाल, भरत खवास, आशिष चौधरी, नवयुग श्रेष्ठ
प्रकाशित: १४ भाद्र २०७९ १२:३७ मंगलबार