६ वैशाख २०८१ बिहीबार
खेल

गण्डकी खेलकुद परिषद भवन उदघाटन, खेलाडीलाई पौष्टिक आहार

गण्डकी प्रदेश खेलकुद परिषद भवन उदघाटन गर्दै युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ। तस्बिर नागरिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको अगुवाईमा विभिन्न खेलका खेलाडीहरुलाई पौष्टिक आहार(डाईट) उपलब्ध गराइएको छ।  

गण्डकी प्रदेश युवा तथा खेलकुदी मन्त्री राजीव गुरुङले विभिन्न खेलका १२० खेलाडीलाई पहिलो चरणमा पौष्टिक आहार प्रदान गरेका छन्। कास्कीमा ३६ भन्दा बढी खेल संघ छन्। खेल संघले सिफारिस गरेका खेलाडीहरुलाई पौष्टिक आहार प्रदान गरिएको हो। मन्त्रालयले व्यक्तिगत प्रतिस्पर्धा हुने खेलका ५ जना र समूहगत प्रतिस्पर्धा हुने खेलका १० जना खेलाडीलाई पौष्टिक आहार प्रदान गर्ने निर्णय गरेको थियो। निर्णय अनुसार पहिलो चरणमा मन्त्रालयले १ सय २० जनालाई प्रदान गरिएको छ। पौष्टिक आहार लिन नआउने खेलाडीलाई मंगलबारदेखि मन्त्रालयबाटै उपलब्ध गराउने मन्त्री गुरुङले बताए।  

मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मार्शल आर्ट्सका खेलाडीहरुलाई मनाङमा हाइअल्टिच्युड टे«निङको व्यवस्था मिलाउने प्रतिबद्धता समेत गरे। ‘मनाङमा खेलाडीलाई हाईअल्टिच्युड टे«निङ गराउने लक्ष्य  । मार्शल आर्ट्सका खेलाडीहरुलाई प्रशिक्षण दिने प्रतिबद्धता गर्छु,’ मन्त्री गुरुङले भने, ‘त्यसको लागि संघले पदक जित्ने सम्भावित खेलाडीलाई पठाउनुपर्छ।’  

मनाङको नासों गाँउपालिकाको तालमा दुईदिन प्रशिक्षण गराईने छ। तालकै खेल मैदानमा प्रशिक्षण गराईने छ। त्यसपछि मनाङकै पिसाङमा दुईदिन प्रशिक्षण गराईने छ। पिसाङपछि मनाङमै प्रशिक्षण गराउने योजना रहेको मन्त्री गुरुङले सुनाए। ‘खेलाडीहरुको हाईअल्टिच्युड प्रशिक्षणको लागि आवश्यक आवासिय सुविधासहितको व्यवस्था स्थानीय गाँउपालिकाले गर्ने छ । त्यसको लागि पहलकदमी म आफैंले गर्छु,’ उनको भनाई थियो ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी भदौ अन्तिम साताभित्रमा छनोट भएका खेलाडीहरुको नामावली दर्ता भईसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले उल्लेख गरिसकेको छ। खेलाडी दर्ता गरिसक्नुपर्ने जनाएपनि जिल्ला र प्रदेश छनोट खेलहरु सञ्चालन भईसकेको अवस्था छैन। पोखरामै आयोजना हुने अधिकांश खेलको पनि खेलाडी छनोट भईसकेको छैन्।  

खेलाडीलाई पौष्टिक आहार वितरणसँगै गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री गुरुङले गण्डकी खेलकुद परिषदको कार्यालय समेत उदघाटन गरे। ९६ लाखको लागतमा कार्यालय भवन तयार पारिएको हो। युवा तथा खेलकुद मन्त्रालयको बजेटबाटै परिषदको भवन तयार गरिएको हो। मन्त्री गुरुङले नै शिलान्यास गरेका थिए। उनैले उदघाटन गरेका हुन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीसँगै परिषदको भवन उदघाटन गरिएको हो।  

यसैबीच युवा तथा खेलकुद मन्त्रालयले पर्वतको मोदी गाँउपालिका अध्यक्ष हिरादेवी शर्मालाई नगद ५ लाख रुपैयाँसहित सम्मानित गरिएको छ। युवा मैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम २०७८ बाट ८५ वटा गाँउपालिका मध्ये उत्कृष्ट मोदी गाँउपालिकालाई सम्मानित गरिएको थियो।  

प्रकाशित: २४ श्रावण २०७९ ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App