७ वैशाख २०८१ शुक्रबार
खेल

बक्सिङ टोली स्वदेश फिर्ता

टर्कीको इस्तानबुल सहरमा सन् २०२२ को मे ६ देखि २१ तारिखसम्म सञ्चालित आइबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेल्दै संसारभरिका खेलाडी तथा प्रशिक्षकहरूको मन जित्दै सात सदस्यीय नेपाली टोली नेपाल फर्केको छ।

७३ देशका ३ सय १० महिला खेलाडीहरूको सहभागिता रहेको उक्त नेपाली टोलीमा ४८ किलो तौलसमूहमा सुष्मा तामाङले मंगोलियन खेलाडीमाथि पहिलो राउन्डदेखि अन्तिम राउन्डसम्म नै आफ्नो दबाब कायम गरेकी थिइन्।

त्यसैगरी ५२ किलो तौल समूहमा तेह्रौं सागका स्वर्ण पदक विजेता मीनु गुरुङ, ५७ किलो तौल समूहमा चन्द्रकला थापा र ६० किलो तौल समूहमा पुनम रावलले उत्कृष्ट खेल प्रदर्शन  गरेका थिए।  

प्रकाशित: ९ जेष्ठ २०७९ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App