१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सेना दिवसका अवसरमा दौड

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा जुम्लामा पाँच किलोमिटर दौड प्रतियोगिताको आयोजना गरिएको छ। ४० वर्षमुनि र ४० वर्षमाथि उमेरसमूहका खेलाडीका लागि छुट्टाछुट्टै दौड प्रतियोगिता आयोजना गरिएको थियो। 

महिलातर्फ ४० वर्षमुनिको पाँच किलोमिटर दौडमा कर्णाली खेलकुद क्लबकी कल्पना बुढा प्रथम भइन्। राज्यलक्ष्मी रावल द्वितीय र इशारा बुढा तृतीय भए। रावल कर्णाली खेलकुद क्लब र बुढा नेपाली सेनाका खेलाडी हुन्।

श्री नं. २४ बाहिनी अड्डा जुम्ला र नन्दाबक्स गण जुम्लाको संयुक्त आयोजनामा गरिएको दौड प्रतियोगितामा महिला र पुरुष खेलाडी सहभागी थिए। ४० बर्षमुनिकै पुरुष दौड प्रतियोगितामा कर्णाली खेलकुद क्लबका प्रकाश कठायत प्रथम भएका छन्। उनले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीलाई उछिन्दै पाँच किलोमिटर दूरी २१ मिनेट २० सेकेन्डमा पार गरेका थिए। 

खेलकुद क्लबका दीपेन्द्र बोहोरा द्वितीय र शेरबहादुर अधिकारी तृतीय भए। ४० वर्षमाथिका पुरुष तर्फको ५ किलोमिटर दौड प्रतियोगितामा भेषबहादुर बस्नेत प्रथम हुँदा नेपाली सेनाका सेनानी नारायण लामिछाने द्वितीय र हर्क रावत तृतीय भएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७८ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App