७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा २० सदस्यीय टोलीको घोषणा गरेको हो।  टोलीमा समावेश गरिएका कप्तान सन्दीपसहित ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, कमलसिंह ऐरी, आसिफ शेख, विवेककुमार यादव र गुल्सन झा गरी नौ खेलाडी गत साता ओमानमा सम्पन्न ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटको टोलीमा पनि थिए। सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यमा पूर्णविराम लागेको थियो।

त्यस्तै टोलीमा करण केसी, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम शोब, पवन सर्राफ, सुशन भारी, अनिलकुमार शाह र राजु रिजाल रहेका छन्।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले ओमान भ्रमणबाट फर्र्किएपछि तत्काल विश्व क्रिकेट लिग ‘टु’को बन्द प्रशिक्षण सुरु हुने र टोली थप प्रशिक्षणका लागि केही दिन श्रीलंका भ्रमणमा जाने बताएका थिए।

नेपालले विश्व क्रिकेट लिग ‘टु’ अन्तर्गत युएई र पपुवा न्युगिनीसँग क्रिकोणात्मक एकदिवसीय शृंखला खेल्नेछ।  नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनविरुद्ध खेल्नेछ।

नेपाल विश्व क्रिकेट लिग ‘टु’ मा ८ खेलमा समान ४ जित र ४ हारको नतिजापछि ८ अंकसहित छैटौं स्थानमा छ। युएई १६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ भने पपुवा न्युगिनीले अंक खाता खोल्न सकेको छैन।

प्रकाशित: १६ फाल्गुन २०७८ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App