२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

पूर्व खेलाडीलाई ब्याडमिन्टन संघको सहयोग

नेपाल ब्याडमिन्टन संघले अन्तर्राष्ट्रिय ब्याडमिन्टनका पूर्वखेलाडी कल्पना राणालाई सहयोग प्रदान गरेको छ।

संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षक, पूर्व तथा हालका खेलाडी तथा शुभचिन्तकबाट संकलन गरिएको १ लाख ६६ हजार ५ सय ६० रूपैयाँ बराबरको रकम तथा खाद्यान्न सहयोग संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सचिव नवीनविक्रम शाह, प्रशिक्षक रजनी जोशी तथा किरण थापा र पूर्वच्याम्पियन विकास श्रेष्ठले ललितपुर, विष्टछापमा बसोबास गर्दै आइरहेकी राणालाई प्रदान गरेका हुन्। 

ब्याडमिन्टनकी पूर्वप्रशिक्षक तथा राष्ट्रिय पूर्वच्याम्पियन समेत रहेकी राणा विगत लामो समयदेखि ब्लड क्यान्सरसँग संघर्ष गर्दै आइरहेकी छिन्। रोगकै कारण हाल उनले आर्थिक कठिनाइ बेहोर्दै आइरहेकी छिन्।

प्रकाशित: २६ माघ २०७८ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App