८ वैशाख २०८१ शनिबार
खेल

माल्दिभ्समा प्रशिक्षक र खेलाडीको दसैँ

तस्बिरः एन्फा/फेसबुक पेज

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने क्रममा माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दसैँ मनाएको छ। उनीहरुले एक अर्कालाई टीका लगाउँदै दसैँ मनाएका हुन्।

भारतविरुद्ध शनिबार हुने फाइनलअघि शुक्रबार विजया दशमीका अवसरमा टोलीका प्रशिक्षक र खेलाडीहरूले टीका लगाएका छन्। त्यसक्रममा नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङसहितले दसैंको टीका लगाएका हुन्। 

 

बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो। अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: २९ आश्विन २०७८ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App