१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालमा पहिलोपटक एलबिटी भलिबल प्रतियोगिता हुने

यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगी र ट्रान्सम्यान (एलबिटी)को एक दिने राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गरेर नेपालमा पहिलोपटक दशरथ रंगशालाको कभर्ड हलमा २२ असोजको शुक्रबार प्रतियोगिता आयोजना गरिने समावेशी मञ्च नेपालले जनाएको छ। असोज २२ गते  जानकारी दिएको हो ।  

समावेशी मञ्च नेपालकी अध्यक्ष दिलु बुदुजा (बद्री पुन)ले समाजमा विभिन्न थरीका व्यक्ति र समुह रहेको बताइन्। उनले भनिन्, ‘समाज रहेका कति व्यक्तिले  हाइफाइ जीवन व्यतित गरेका छन्, भने कोही ओझेलमा परेका छन्।’ ओझेलमा परेका समलिंगीकोबीच प्रतियोगिता गर्ने र उनीहरुको क्षमता अभिवृद्धि गर्न उनले लागेको बताइन्। पछि परेका व्यक्तिहरुलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजेको उनको भनाइ थियो।  

प्रकाशित: २० आश्विन २०७८ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App