१० असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्यालेस्टाइनलाई छुट्टै मुलुकको मान्यता दिने ३ युरोपेली राष्ट्रको निर्णय

तीन युरोपेली देश नर्वे, स्पेन र आयरल्यान्डले प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिने घोषणा गरेका छन्।

आगामी साता औपचारिक रूपले तीन वटै राष्ट्रले प्यालेस्टाइनलाई छुट्टै देशको रुपमा मान्यता दिइएको घोषणा गर्ने बीबीसीले जनाएको छ।

नर्वेका प्रधानमन्त्री जोनस गार स्तोरले २८ मे मा प्यालेस्टाइनलाई छुट्टै देशको रुपमा मान्यता दिने बताए।

त्यस्तै स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले इजराइल इजराइलले प्यालेस्टाइनमाथि तय गरेको नीति दुःखद र तनावपूर्ण रहेको बताए।  

उनले प्यालेस्टाइनका नागरिकले सम्मानपूर्वक बाँच्न पाउने र आफ्नो अधिकारको उपभोग गर्न पाउनुपर्छ भन्दै यो निर्णय गरेको बताए।

यस्तै आयरल्यान्डका प्रधानमन्त्री साइमन ह्यारिसले शान्तिका लागि प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिने निर्णय गरेको बताए।

यता, इजराइलले युरोपिय तीन मुलुकको उक्त घोषणा पछि आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ।

इजराइलका विदेश मन्त्री इजराइल काट्जले नर्वे, स्पेन र आयरल्यान्डको उक्त निर्णय कसैको हितमा नहुने बताए। उनले यसले त्यहाँका नागरिकलाई कुनै फाइदा नहुने भन्दै त्यसले सबैलाई नोक्सानी नै हुने प्रतिक्रिय दिएका छन्।

प्रकाशित: १० जेष्ठ २०८१ १०:२९ बिहीबार

#isrel #palestine #ierland #norway #spain