१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

भक्तपुरलाई सेभेन ‘ए’ साइड रग्बी उपाधि

भक्तपुरले प्रदेश जिल्लास्तरीय सेभेन ‘ए’ साइड बाग्मती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि जितेको छ। मध्यपुर थिमीमा आइतबार सम्पन्न फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्बीलाई १७–५ स्कोरले हराउँदै उपाधि उचालेको हो। भक्तपुरले तीन ट्राइ गर्दा एक पटक कनभर्जनमा सफलता पायो। 

एक ट्राइ बराबर पाँच अंक र एक कनभर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राइ गरेपछि नै कनभर्जन किक प्रहार गर्न पाइन्छ। नुवाकोट रग्बीले भने एक ट्राइ गर्न सफल भयो। पुरुषतर्फउपाधि विजेता भक्तपुर रग्बीले नगद १५ हजार र उपविजेता नुवाकोटले १० हजार रूपैयाँ प्राप्त गरे। भक्तपुरका सबिन महत उत्कृष्ट घोषित भए। उनले त्यसबापत नगद पाँच हजार रूपैयाँ प्राप्त गरे।  

प्रतियोगिताअन्तर्गत शनिबार महिलातर्फभने मकवानपुरले उपाधि जितेको थियो। मकवानपुरले फाइनलमा काठमाडौंलाई एक ट्राइले स्तब्ध बनाउँदै उपाधि जित्यो। च्याम्पियन मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गर्‍यो। प्रतियोगिताका विजेतालाई नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कृत गरे। नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता भएको हो। प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा चार टोलीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: १८ आश्विन २०७८ ०१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App