८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पारा ओलम्पिक टोलीलाई केल्मीको प्रयोजन

पारा ओलम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टोलीलाई केल्मीले प्रायोजन गर्ने भएको छ।जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म आयोजना हुने पारा ओलम्पिक २०२० मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्दै छिन्। उनले के ४४ अन्तर्गत ५८ केजी तौलसमूहमुनि प्रतिस्पर्धा गर्नेछिन्।  

पलेशासहित पारा ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेलसामग्री प्रायोजन गरेको हो। सम्झौताअनुसार पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दी मिसन सरोज श्रेष्ठ र डाक्टर दीपक श्रेष्ठलाई पाराओलम्पिक अवधिभर प्रयोग हुने सामग्री केल्मीले उपलब्ध गराउनेछ।

नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पारालम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे। केल्मीले पारा ओलम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको हो। पारा ओलम्पिकअन्तर्गत नेपालले जनाउने सबै अन्तर्राष्ट्रिय सहभागितामा केल्मीको खेल पोसाक प्रयोग गर्नेछन्। जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले नेपाली टोलीलाई खेलसामग्री प्रायोजन गरेको थियो।

प्रकाशित: २१ श्रावण २०७८ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App