१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन स्थगित

अन्नपूर्ण आधारशिविर

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ । कोरोना भाइरस संस्करणको दोश्रो लहरसँगै संक्रमण व्यापक रुपमा फैलिएकोले हालका लागि म्याराथन र महोत्सव आयोजना गर्न नसकिएको आयोजकले बताएको छ ।

सरकारले कोरोना रोकथामका निम्ति देशका अधिकांश जिल्लामा निषेधाज्ञा समेत लागु गरेकोले महोत्सव र म्याराथन आयोजना गर्न सम्भव नभएको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले बताएको छ । अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रमा हरेक जुन ३ तारिखमा महोत्सव र म्याराथन आयोजना गर्दै आएको थियो । अन्नपूर्ण हिमालमा पहिलो आरोहणको दिन पारेर विगत तीनवर्षदेखि म्याराथन र महोत्सव आयोजना हुँदै आएको थियो ।

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले तेस्रो संस्करणका कार्यक्रम गर्ने तयारी गरिएको भएपनि ती सबै कार्यक्रम स्थगित गरिएको बताएका छन । ‘कोरोना भाइरस संस्करणकै कै कारण गतवर्षको कार्यक्रम पनि स्थगित गर्नुपरेको र अहिले पनि दोश्रो लहरका कारण उक्त कार्यक्रमलाई निरन्तर दिन सक्ने अवस्था रहेन,’ गुरुङले भने ।  

अन्नपूर्ण आरोहण दिवसको अवसरमा समितिले यही जेठ १८ देखि २० गतेसम्म कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव समेत आयोजनाको तयारी गरेको थियो । अन्नपूर्ण म्याराथन आधारशिविर क्षेत्रमा हुने गरेको थियो । आधारशिविरबाट सुरु हुने म्याराथन घान्द्रुकमा आएर टुंगिने गर्दथ्यो । अन्नपूर्ण आधारशिविर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगत तीन वर्षदेखि निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन हुँदै आएपनि अहिले सहज नभएको उनले बताए । 

प्रकाशित: ४ जेष्ठ २०७८ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App