नेपाल खेलकुद महासंघले सुनसरीका प्रहरी कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहँदा अग्रभागमा खटिने सुरक्षाकर्मीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको हो।
महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा जिल्लाको विभिन्न छ स्थानमा रहेका प्रहरी कार्यालयलाई मास्क, सेनिटाईजर, सावुन, फेससिल्डलगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो।
खेलकुद महासंघले कोभिड : नो भिड भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामाग्री बितरण गर्ने कार्यक्रम तय गरेको छ।
महासंघको टोलीले इलाका प्रहरी कार्यालय पकलीलाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन र ५ थान फेससिल्ड, इलाका प्रहरी कार्यालय चक्रघट्टी महेन्द्रनगरलाई १ हजार थान मास्क, ५ लिटर सेनिटाईजर, १२ लिटर साबुन, प्रहरी चौकी चतरालाई ४५० थान मास्क, ५ लिटर सेनिटाईजर र १० लिटर साबुन, प्रहरी चौकी भरौल कालाबञ्जर, प्रहरी चौकी नडाहा र बाङ्गेबजार प्रहरी चौकीलाई समान ५ सय थान मास्क, २ लिटर सेनिटाईजर, ६ लिटर साबुन प्रदान गरियो।
प्रकाशित: ३ जेष्ठ २०७८ १३:११ सोमबार