२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन

तारकेश्वर नगरपालिका अन्तरनगरपालिका सोतोकान कराते च्याम्पियन भएको छ। सोतोकान कराते डो संघ नेपालको आयोजनामा तारकेश्वर नगरपालिकास्थित मनमैजुमा शनिबार सम्पन्न च्याम्पियनसिपमा तारकेश्वर नगरपालिका च्याम्पियन भएको हो।

तारकेश्वरले कुल १० स्वर्ण, तीन रजत र एक कांस्य पदक पदक जितेको थियो। तारकेश्वरले नगद ३० हजार रूपैयाँसहित च्याम्पियन ट्रफी जित्यो। त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाले दोस्रो स्थान प्राप्त गर्दा दुई स्वर्ण, ३ रजत र एक कांस्य पदक जित्यो।

चन्द्रगिरि नगरपालिकाले एक स्वर्ण, दुई रजत र तीन कांस्य पदक जित्दै तेस्रो स्थान प्राप्त ग¥यो। कागेश्वरीले २० हजार र चन्द्रागिरि नगरपालिकाले १० हजार रूपैयाँसहित ट्रफी प्राप्त गरे।  

प्रतियोगितामा उपत्यकाका कुल १४ नगरपालिकासहित १८ टोलीका २ सय ५० खेलाडीले विभिन्न तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा आयोजक टोलीका अनिल उपरकोटी पुरुषतर्फ र महिलामा कला लिम्बु उत्कृष्ट फाइटर घोषित भएको सोतोकान कराते डो संघ नेपालका अध्यक्ष नारायण खड्काले जानकारी दिए। 

उत्कृष्टद्वय अनिलले १५ हजार र कलाले १० हजार रूपैयाँ प्राप्त गरे। उक्त प्रतियोगितामा मध्यपुर थिमी नगरपालिका अनुशासित टोली ठहरियो।  

प्रतियोगिताका विजेतालाई तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, टोखा नगरपालिका मेयर प्रकाश अधिकारी, तारकेश्वर नपाका वडा–१० का अध्यक्ष अमृत थापा र आयोजक संघका अध्यक्ष नारायण खड्कालगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: ८ चैत्र २०७७ ०४:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App