२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कास्कीमा ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल

गण्डकी प्रदेशस्थित कास्की जिल्लामा फागुन २१ को निर्वाचनका लागि ५६ अति संवेदनशील र ५४ संवेदनशील मतदानस्थल निर्धारण गरिएको छ। जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेका छन्। कुल १५३ मतदानस्थलमध्ये ४३ वटा सामान्य श्रेणीमा परेका छन्। 

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा अति संवेदनशील १९, संवेदनशील २८ र सामान्य १४ मतदानस्थल रहेका छन्। निर्वाचन क्षेत्र नम्बर २ मा अति संवेदनशील सात, संवेदनशील आठ र सामान्य १८ मतदानस्थल छन्। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा अति संवेदनशील ३०, संवेदनशील १८ र सामान्य ११ मतदानस्थल रहेका छन्। 

मतदानस्थलको भौगोलिक अवस्थिति, भौतिक पूर्वाधारको अवस्था लगायतका विषयमा जानकारी लिन स्थलगत अनुगमन भइरहेको छ। तीनवटै क्षेत्रमा गरी कुल ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। जिल्लामा कुल मतदाता संख्या तीन लाख आठ हजार ५७२ रहेको छ।    

प्रकाशित: २ फाल्गुन २०८२ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App