३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

रंगभेदी दुव्र्यवहार रोग : स्टर्लिङ

इङ्ल्यान्ड तथा म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङले त्यहाँ जारी प्रदर्शनलाई समर्थन गर्दै रंगभेदी दुव्र्यवहार रोग भएको बताएका छन् । उनले आफुहरू विगत लामो समयदेखि यस रोगविरुद्ध लडिरहेको बताएका छन् ।

ब्ल्याक लिभ्स म्याटर्सको नाराका साथ जारी प्रदर्शनमा हजारौं मानिस सडकमा आन्दोलनामा होमिएका थिए । बेलायत सरकारले कोरोना भाइरस संक्रमणको डर भएकाले भीडभाडमा नजान निर्देशन दिए पनि प्रदर्शनकारीले त्यसको अवज्ञा गरेका थिए ।

‘यो वर्षौंदेखि समाजमा गढेर बसेको रोग हो । अहिले विश्वमा जुन वातावारण बनेको छ, त्यसले मूर्त रूप लिएको हेर्न चाहन्छाै‌ । किनभने हामी लामो समयदेखि रंगभेदी दुव्र्यवहारसँग लडिरहेका छौं,’ स्टर्लिङले भने ।

लन्डन, ब्रिस्टन, म्यानचेस्टर, उल्भरह्याम्पटन, नटिङ्घम, ग्लासगो र इडिनबर्गमा रंगभेदी दुव्र्यवहारकाविरुद्ध निरन्तर प्रदर्शन जारी छ । अमेरिकी प्रहरीको दमनमा अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि विश्वभर अहिले निरन्तर प्रदर्शन जारी छ । मे २५ को उक्त घटनामा संलग्न भएको भन्दै ४ प्रहरी अधिकृतलाई निलम्बन गर्दै अहिले अनुसन्धान जारी छ ।

‘जसरी अहिले सारा विश्व कोरोना भाइरस महामारीको औषधी खोज्न तल्लीन छ, त्यसै गरी रंगभेदी दुव्र्यवहारको पनि समाधान सधंैका लागि खोज्न आवश्यक छ,’ उनले भने, ‘अहिले उठिरहेका माग जायज छन् । उनीहरू समाधान खोजिरहेका छन् । समाजमा अश्वेतमाथि जसरी अन्याय भइरेको छ । त्यसकाविरुद्ध सबै एक भएर लड्न आवश्यक छ । शान्तिपूर्ण प्रदर्शनमा मेरो समर्थन छ । अहिले हामीले प्रदर्शनलाई हिंसात्मक हुनबाट बचाउनसमेत आवश्यक छ ।’

धेरै खेलाडीहरुले फ्लोएडको मृत्युविरुद्ध जारी प्रदर्शनमा समर्थन गरिरहेका छन् । इङ्ल्यान्डकै जाडोन सान्चोले बुन्डेसलिगामा गत साता गोल गरेपछि फ्लोयडप्रति सम्मान व्यक्त गरेका थिए ।

स्टर्लिङमाथि यसअघि प्रिमियर लिग र च्याम्पिन्स लिग दौरान पटकपटक रंगभेदी दुव्र्यवहार भएको थियो । कोरोना भाइरसका कारण रोकिएका प्रिमियर लिगका खेल जुन १७ बाट पुनः सुचारु हुनेछन् ।

‘म आममानिसको आवाज बोलिरहेको छु,’ स्टर्लिङले भने, ‘मेरो प्रतिक्रिया र कदमपछि ममाथि केकस्तो कारबाही हुन्छ मैले अहिले सोचेको छैन । हामी न्यायका लागि आवाज उठाइरहेका छाै‌ । त्यसैले कारबाहीमा पर्छुजस्तो मलाई लाग्दैन । रंगभेदी दुव्र्यवहारविरुद्ध सयौं वर्षदेखि लडाइँ जारी छ र त्यसमा परिवर्तन आवश्यक छ । सामाजिक सन्जालमा समर्थन जनाउनु भन्दा प्रदर्शनमा सहभागी भएर आवाज उठाउँदा त्यो दरिलो हुने थियो । यो न्यायका लागि भएको लडाइँमा सबै पक्ष र वर्गको एकता आवश्यक छ ।’

यता इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले पनि आफूहरूमाथि कहिले पनि समान व्यवहार नगरिएको गुनासो गरेका थिए ।२५ वर्षे आर्चरमाथि गत वर्ष न्युजिल्यान्डमा भएको पहिलो टेस्टदौरान समर्थकहरूले रंगभेदी दुव्र्यवहार गरेका थिए ।

‘मानिसहरू सधैं चुप बस्दैनन्, अब केही दरिलो कदम चाल्न आवश्यक छ,’ आर्चरले भने, ‘रंगभेदी दुव्र्यवहारलाई समाजबाट हटाउन आवश्यक छ ।’ आर्चरमाथि खराब व्यवहार गरेको भन्दै उक्त समर्थकलाई न्युजिल्यान्डले दुई वर्षका लागि कुनै मैदानमा उपस्थित भएर खेल हेर्न प्रतिबन्ध लगाएको थियो । ‘जसरी अहिले सारा विश्व कोरोना भाइरस महामारीको औषधी खोज्न तल्लीन छ, त्यसै गरी रंगभेदी दुव्र्यवहारको पनि समाधान सधंैका लागि खोज्न आवश्यक छ ।’

प्रकाशित: २७ जेष्ठ २०७७ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App