काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आइतबार एक खेलमात्र हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुने खेलमा ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ।
ललितपुर र भैरहवाले ३ जित र १ मा हार ब्यहोरेका छन्। दुवै टोलीले यस अघि नै प्ले अफमा स्थान सुरक्षित गरिसकेका छन्। पहिलो खेलमा विराटनगर वारियर्ससँग पराजित भएपनि ज्ञानेन्द्र मल्लको ललितपुरले त्यसपछि भएका ३ खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनायो।
लगातार ३ खेल जितेको भैरहवा शनिबार ललितपुरसँग भएको खेलमा भने पराजित भएको थियो। आजको खेलमा जित हात पार्ने टिमले क्वालिफायरमा स्थान बनाउनेछ। ललितपुर ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै समान ६ अंक भएपनि भैरहवा र काठमाडौं दोस्रो र तेस्रो स्थानमा छन्।
प्रकाशित: १ पुस २०७५ ०५:२० आइतबार