१९ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

मिलनलाई १५औं धर्मश्री उपाधि

काठमाडौं – नेपाल व्यायाम मन्दिरका मिलन सिजापति १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्ण पदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै १५औं धर्मश्री उपाधिबाट सुशोभित भएका छन्।

८० केजीमाथिको तौलमा प्रतिस्पर्धा गरेका सिजापतिले नगद ५ लाखसहित ब्यानेट तथा ट्रफी प्राप्त गरे । दोस्रो भएका ८० केजी तौलसमूहका सेप फिटनेसका महेश्वरले नगद २ लाख सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । तेस्रो स्थानमा ६५ केजी तौलसमूहका नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल रहे । उनले नगद १ लाखसहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे।

नेपाल व्यायाम मन्दिरद्वारा आयोजित धर्मश्री प्रतियोगितामा चौथो स्थानमा सेप टु ढल्कोका प्रवेश श्रेष्ठ रहे । उनले नगद ९० हजारसहित ट्रफी प्राप्त गरे । उनी ७५ केजी तौलसमूहमा प्रथम हुँदै धर्मश्रीका लागि छनोट भएका थिए।

यस्तै पाँचौं स्थानमा ७० केजी तौलसमूहका नेपाल व्यायाम मन्दिरका सञ्जीव श्रेष्ठ रहे । उनले नगद ८० हजारसहित ट्रफी प्राप्त गरे । छैटाैं स्थान रहँदै ६० केजी तौलसमूहबाट व्यायाम मन्दिरका आशिष देवाजुले नगद ७५ हजार र ट्रफी प्राप्त गरे । यस्तै सातौं स्थानमा ५५ केजीका व्यायाम मन्दिरका सुरेश खत्री रहे । उनले नगद ६० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ५५ केजी तौलमा उज्जल जिम तथा जुम्बाका किशन दास दिवाकर दोस्रो र मसल मेनियाका अवाज प्याकुरेल तेस्रो भए।

सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा ६० केजी तौलसमूहमा फिटनेस स्टुडियोका गौरवप्रसाद श्रेष्ठ र नेपाल व्यायाम मन्दिरका सुजन तामाङ दोस्रो र तेस्रो भए । ६५ केजी तौलसमूहमा फिटनेस फस्र्टका रोजिन वज्राचार्यले दोस्रो स्थान प्राप्त गरे।

यस्तै फिटनेस स्टुडियोका सुपेन डङ्गोलले तेस्रो स्थान हात पारे। ७० केजी तौलमा अक्सफोर्ड जिमका समीर श्रेष्ठले रजत पदक पाए । यसै गरी सेप टु ढल्कोका उज्वलराज वज्राचार्यले कांस्यमा चित्त बुझाए।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सी फिटनेसका ललित धिमाल दोस्रो र रिभर फिल्ड फिटनेसका अशोक महर्जन तेस्रो भए । ८० केजी तौलको समूहमा फिटनेस स्टुडियोका प्रवीन शाहीले रजत र सेप टु ढल्कोका विशाल कँडेलले कांस्य पाए।

यसै गरी ८० केजी माथिको हेभिवेटमा नेपाल व्यायाम मन्दिरका ग्रिस महर्जनले रजत पाए भने कम्पिट्ली हेल्थ क्लबका अनोज मास्केले कांस्यमा चित्त बुझाए।

तौल समूहमा दोस्रो तथा तेस्रो हुनेले क्रमश : नगद ३० र २० हजार, मेडल तथा प्रमाण प्रत्र प्राप्त गरे । विजयी खेलाडीहरूलाई उपराष्ट्रपति नन्दकिशोर पुन, पूर्वरक्षामन्त्री तथा सांसद भीमसेनदास प्रधानलगायतले पुरस्कार वितरण गरेक थिए।

२०४२ सालमा १५ हजार पुरस्कार राशिबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५औं संस्करणसम्म आइपुग्दा शारीरिक सुगठनमा सर्वाधिक धनराशि पुरस्कार रहेको प्रतियोगिता भएको छ।

 

प्रकाशित: २१ आश्विन २०७५ ०४:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App